• बैशाख २२ २०८३, मंगलवार

संसद बैठक १५ गतेसम्मका लागि स्थगित

फाल्गुन १३ २०७८, शुक्रबार

काठमाडौँ। प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतामाथि सैद्धान्तिक छलफल गर्ने सम्भावित कार्यसूची थियो ।

तर गृहकार्य नपुगेको भन्दै सरकारले समय मागेपछि १५ गतेसम्मका लागि बैठक स्थगित गर्ने सहमति भएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

हिजो बिहीबारको बैठक पनि सूचना टाँसेर स्थगित गरिएको थियो ।