काठमाडौँ। सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पूर्वस्थायी समितिको बैठक जारी रहेको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुमलटारमा जारी बैठक अमेरिकी सहायता सम्झौता (एमसीसी)बारे केन्द्रित रहेको छ ।
बैठकमा एमसीसीको विपक्षमा उभिने, सरकारबाट बाहिरने लगायतका समसामहिक विषयमा छलफल गरिरहेको छ । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा एमसिसीबारे सैद्धान्तिक छलफलगर्ने तयारी छ। उक्त बैठक बस्नुअघि माओवादी केन्द्रको पूर्वस्थायी कमिटी बैठक बसिरहेको हो ।
सत्ता गठबन्धनमा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसिसीको विपक्षमा उभिने भनिरहेका छन्। कांग्रेसले गठबन्धन तोडेर भए पनि एमसिसी अनुमोदन गर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग वार्ता गरिरहेको छ ।