काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले चाबहिल मालपोत कार्यालयका खरिदारसहित तीन जनालाई घुससहित नियन्त्रणमा लिएकाे छ।
बिहीबार साँझ सेवाग्राहीलाई काठमाडौं-७ मा रहेको मुस्ताङ हाम्रो थकाली भान्छाघरमा बोलाएर घुस लिइरहेको अवस्थामा खरिदार लक्ष्मण बस्नेतसहित तीन जनालाई अख्तियारले पक्राउ गरेको हो।
अख्तियारले खरिदार बस्नेतको साथबाट १ लाख रुपैयाँ र होटलको काउन्टरबाट ३५ हजार रुपैयाँ नगद बरामद गरेकाे जनाएको छ।
विचौलियाको काम गर्ने विनोद श्रेष्ठ र होटल व्यवसायी मीना मगरलाई पनि अख्तियारले पक्राउ गरेकाे छ।