काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पक्षमा उभिन एमालेलाई प्रस्ताव गर्दै सबै माग पुरा गर्न तयार रहेको बताएका छन् ।
बिहीबार दिउँसो संघीय संसद भवनमा ओलीसँगको छलफलमा देउवाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रस्ताव गरेका छन् । एमसीसीको पक्षमा उभिए आफू एमालेका सबै माग पुरा गर्न तयार गरेको बताएका हुन् ।
ओलीसँगको छलफलपछि काँग्रेस महामन्त्री गगन थापाले भने, ‘एमसीसी राष्ट्रसँग जोडिएको विषय भयो । गठबन्धन फुट्ने, कसको सरकार बन्ने कुरा गौण हो ।’ एमसीसी हामी सबै लागेर अगाडि बढाएको होइन । तपाईंकै पालामा संसदमा दर्ता भएको होइन ?,’ ओलीलाई देउवाको प्रश्न थियो ।
अहिले आएर एमसीसीबाट यसरी भाग्न खोज्दा देशले धेरै ठूलो मूल्य चुकाउनुपर्ने देउवाको भनाइ थियो । ‘म सबै कुराका लागि खुला छु । सरकार मेरा लागि माइनर हो । एमसीसीमा एक ठाउँ उभिएर जाऊ ।’ देउवाले एमसीसीमा मद्दत गर्न आग्रह पनि गरेका थिए ।
‘एमसीसीमा मलाई मद्दत गर्नुस् । हिजो एमसीसी संसदमा दर्ता गर्दा मैले अप्ठ्यारो बनाएको थिए रु त्यो बेला म सँगै उभिएको होइन ?,’ देउवाको प्रश्न छ ।