काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पाँच दलीय गठबन्धनको औचित्य सकिएको बताएका छन् ।
बिहीबार नयाँ बानेश्वरमा नेपाली काँग्रेस र नेकपा एमालेका अन्य शीर्ष नेताहरूसमेत सहभागी छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
थापाले छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी अन्तर्राष्ट्रिय सरोकारको विषय भएकाले खुला छलफल गर्न आफूहरू तयार रहेको जानकारी दिएको पनि बताए ।
उनले एमसीसी देशको विषय भएको भन्दै यसलाई समर्थन गर्न र सदनको अवरोध हटाउन एमालेसँग आग्रह गरिएको पनि बताए ।