• बैशाख २२ २०८३, मंगलवार

खैरो हेरोइनसहित २ जना पक्राउ  

फाल्गुन १२ २०७८, बिहीबार

कञ्चनपुर । बेलौरी नगरपालिका-६ रिछाहस्थित सडकबाट ४ ग्राम ११ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने २६ वर्षीय दिपक बिष्ट र सोही ठाउँ बस्ने ३१ वर्षीय गोपी बिक रहेका छन् । से.२ प ३४५४ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा मोटरसाइकलमा सवार गोपीले मुखमा प्लाष्टिकभित्र लुकाई ल्याएको उक्त पदार्थ सहित फेला पारी उनीहरूलाई प्रहरीले पक्राउ गरेको  हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।