• बैशाख २२ २०८३, मंगलवार

रोल्पाकी अनिताले गरिन् आत्महत्या

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौं । रोल्पामा एकजना किशोरीले आत्महत्या गरेकी छिन् । जिल्लाको परिवर्तन गाउँपालिका वडानम्बर ५ मौलाबोट निवासी जयराम रसाइलीका नाति विक्रमसिंह रसाइलीका छोरा विशाल रसाइलीकी श्रीमति वर्ष २० वर्षकी मनराज घर्तीकी छोरी अनिता घर्तीले यहि फाल्गुण १२ गते बिहान आत्महत्या गरेकी हुन् ।

घटना करिब ११ बजेको समयमा भएको बताइएको छ । उनले आफ्नै कोठाको दलानमा चुन्नीमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

उनको केही समय आगाडि अन्तरजातीय विवाह भएको थियो । इप्रका घर्तीगाउँ र प्रहरी चौकी बागमाराको रोहवरमा पोस्टमार्टमका लागि उनको शव सदरमुकाम लिबाङ्ग पठाइएको छ ।

घटनाको कारण भने खुल्न सकेको छैन । प्रहरीले अनुसन्धानपछि मात्र घटनाको सत्यतथ्य पत्ता लाग्ने जानकारी दिएको छ ।यो वडामा यो आत्महत्या पहिलो भने होइन ।