• बैशाख २२ २०८३, मंगलवार

सभामुख सापकोटा र गृहमन्त्री खाँणबीच भेटवार्ता

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौँ। सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ।

बिहीबारको प्रतिनिधिसभा संसदको बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता परियोजनाको विषयमा छलफल हुन नसकेपछि सभामुख र गृहमन्त्रीबीच भेटवार्ता भएको हो। भेटमा संसदमा टेबल भएको एमसिसीका विषयमा छलफल भएको थियो।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीसहित शीर्ष नेतासँग छलफल गरेका थिए ।