काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीको आफ्नै पार्टीका कार्यकर्ताले राजीनामा मागेका छन् ।
पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा लागेको भन्दै झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनपर्ने उनका कार्यकर्ताले माग गरेका हुन् ।
काठमाडौंमा बुधबार सम्पन्न एकीकृत समाजवादी निकट विभिन्न २२ वटा संगठनहरूको संयुक्त बैठकमा मन्त्री झाँक्रीको राजीनामा माग गरिएको छ ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाको बोली नै मेरो बोली’ भनेपछि मन्त्री झाँक्रीको राजीनामा माग रिएको हो । यो अभिव्यक्तिले मन्त्री झाँक्रीलाई विवादमा तानेको थियो ।
अनेरास्ववियु अध्यक्ष सुदेश पराजुली, शम्भु श्रेष्ठ, नरेश शाही सहितले पार्टीको निर्णयविपरीत एमसीसीको पक्षमा उभिएकी पार्टी सचिवसमेत रहेकी झाँक्रीले मन्त्री पदबाट राजीनामा दिनुपर्ने बताएका हुन् ।