• बैशाख २२ २०८३, मंगलवार

प्रतिनिधि सभाको बैठक स्थगित

फाल्गुन १२ २०७८, बिहीबार

काठमाडौँ। अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफलका लागि बोलाइएकोआजको प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ ।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा सरकारले एक दिन समय मागेपछि आजको संसद बैठक स्थगित गरिएको हो ।

संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणले बैठक बस्न नसक्ने भएकाले भोलि शुक्रबार दिउँसो १ बजेका लागि बैठक राखिएको उल्लेख छ ।