काठमाडौँ। अमेरिकी सहयोग परियोजना (एमसिसी)को विरोधमा बिहीबार पनि बानेश्वरमा प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीहरुले एमसिसी लागू गर्न नहुने भन्दै विभिन्न किसिमका नारा लगाइरहेका छन् । प्रदर्शनलाई लक्षित गर्दै बानेश्वर क्षेत्रको सुरक्षामा कडाइ गरिएको छ ।


एमसिसीको विपक्षमा रहेका विभिन्न दलमा आबद्ध कार्यकर्ताहरुको प्रदर्शनलाई ख्याल गर्दै संसद् भवनदेखि बानेश्वरसम्म सशस्त्र प्रहरी र नेपाल प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ । प्रदर्शनले तीनकुनेदेखि माइतीघरसम्मको सडक पूर्ण रुपमा प्रवाभित बनेको छ।
यसअघि आइतबार संसद्मा एमसिसी सम्झौता प्रस्ताव पेश हुँदाका बखत बानेश्वर र आसपासका क्षेत्रमा प्रदर्शनकरी र प्रहरीबीच झडप भएको थियो। झडपका क्रममा केही प्रदर्शनकारी र प्रहरी घाइते समेत भएका थिए।