• बैशाख २१ २०८३, सोमबार

सत्ता गठबन्धनका नेताहरू देशप्रति जिम्मेवार बन्नुपर्छ : ओली

फाल्गुन ९ २०७८, सोमबार

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनका नेताहरू देशप्रति जिम्मेवार बन्नुपर्ने बताएका छन्।

काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरू शान्ति, विकास र राष्ट्रिय एकताको पक्षमा रहेको बताए ।

अध्यक्ष ओलीले संसद्मा एमसिसी टेबल भएपछि यसको विरोधमा भएको आन्दोलनप्रति लक्षित गर्दै विकास निर्माण ध्वस्त बनाउँदै हिँड्ने मान्छे क्रान्तिकारी नहुने उल्लेख गरे ।

पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पूर्वजहरूले देखाएको बिरताको सही बाटोमा हिँड्नुपर्ने भन्दै आफूहरूले इतिहासको कुनै पनि गौरबलाई मर्न नदिने बताए ।