• बैशाख २१ २०८३, सोमबार

एमसिसीको विपक्षमा मतदान गर्ने एकीकृत समाजवादीको निर्णय

फाल्गुन ९ २०७८, सोमबार

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले संसद्मा टेबल भएको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने र त्यसको वातावरण बनाउने निर्णय गरेको हो ।

बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने“संसद्मा टेबल भएको एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौँ । विपक्षमा उभिनका लागि सबैलाई भन्ने छौँ र वातावरण तयार गर्नेछौँ । बैठक भोलि पनि बस्छ।’