• जेष्ठ ४ २०८३, सोमबार

हराएकी यी युवती भेटाउनेलाई घोषणा गरियो यति राशीको पुरस्कार

माघ ४ २०७८, मंगलवार

काठमाडौँ । बिगत करिब तीन महिनादेखि हराइरहेकी किशोरी फेला नपर्दा बाँके जिल्ला वैजनाथ गाउँपालिका वडा नम्बर ६ लालपुरको गिरी परिवारका दिनहरु तनावमा बित्ने गरेका छन् । लालपुरकी १७ वर्षिया युवती रिता उपनाम भएकी सपना गिरी गत कार्तिक २१ गतेदेखि हराइरहेको उनकी आमाले गोलखबरलाई जानकारी दिइन् ।

गत कार्तिक २१ गते गाउँको भैलो कार्यक्रममा सहभागी हुन जान्छु भनी घरबाट निस्केकी छोरी अहिलेसम्म नआएर हैरान भयो भन्दै मिडियाको सम्पर्कमा आएकी किशोरीकी आमा उमा गिरीले भनिन्, ‘जता खोज्दा पनि छोरी भेटिइनन्, सबैले सहयोग गरेर मेरी छोरी खोजिदिनुपर्यो ।’
नेपाल प्रहरी लगायत सामाजिक सरोकार राख्ने विभिन्न निकायमा छोरी खोजिदिन निवेदन गरे पनि नभेटिदा परिवारमा निकै तनाव सिर्जना भएको उल्लेख गर्दै आमा उमाले छोरी खोज्दै भारतसम्म पुगेको बताइन् । भारत छत्तिसगढबाट सम्पर्क आएकी उमाले छोरी भेट्टाइदिनेलाई २० हजार पुरस्कार समेत दिने बताइन् ।

हराएकी छोरीको तस्बिर पठाउँदै आफ्नी छोरी कहिँकतै देखेमा खबर गरी सहयोग गरिदिनुहुन भनेर उनले अनुरोध गरेकी छिन् । उनको छोरी फेला परेमा नेपालको मोबाइल नम्बर ९८२४५०९३७६ मा, भारतको मोबाइल नम्बर +९१,७४५५६५३५ मा सम्पर्क गरिदिनु हुन वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन वा गोलखबर डटकमलाई जानकारी दिनुहुन उनले अनुरोध गरेकी छिन् ।