• श्रावण १० २०८३, आईतवार

भोलिदेखि बालबालिकालाई कोभिडविरुद्धको फाइजर खोप दिइने

पुष २६ २०७८, सोमबार

काठमाडौँ। काठमाडाैँ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई भोलि (मंगलबार)देखि कोभिडविरुद्धको फाइजर खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय काठमाडौँले जिल्लाका साे उमेर समूहका बालबालिकालाई मङ्गलबारदेखि फाइजर खोप दिने निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाभित्र ३२ सै वटा वडामा तोकिएका खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरिएको छ । उमेर खुल्ने कागजात लिई तोकिएका खोप केन्द्रमा भिडभाड नगरी स्वास्थ्यका मापदण्ड पालना गरी खोप लिन कार्यालयले आग्रह गरेको छ ।