• बैशाख १३ २०८३, आईतवार

६ करोड खोप नेपाल आउँदैछ,अब कुनै पनि नागरिक खोपबाट वञ्चित हुन पर्दैन : मन्त्री खतिवडा

मंसिर ३ २०७८, शुक्रबार

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालमा अब देशका कुनै पनि नागरिकले कोभिड–१९ विरुद्ध खोपबाट वञ्चित हुन नपर्ने गरी खोप ल्याउन लागेको बताएका छन् ।

आज मध्यपुरथिमिको बोडेमा सुरु भएको राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको दुईदिने राष्ट्रिय भेलामा उनले सरकारले ६ करोड खोपको सुनिश्चितता गरेको बताए । मन्त्री खतिवडाले भने, “करिब एक करोड डोज खोप जनतालाई लगाइसकेका छौं, विश्वस्वास्थ्य सङ्गठनबाट सहयोगमा आउने २० प्रतिशत खोपबाहेक अरु खोप ल्याउन सरकारले केही सम्झौता गरिसकेको छ, केही सम्झौताको चरणमा छ, जनताका लागि छ करोड खोप सुनिश्चित गरिसकेका छौँ, अब खोपको अभाव हुँदैन ।”