• बैशाख १६ २०८३, बुधबार

काँग्रेस पार्टी कार्यालयमा तालाबन्दी

कार्तिक २५ २०७८, बिहीबार

नेपालगञ्ज । नेपाली काँग्रेस बाँकेको कार्यालयमा बिहीबार तालाबन्दी गरिएको छ । सदस्यता विवादका कारण बाँके क्षेत्र नम्बर १ का नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

दुई सय ३९ फर्जी सदस्यता थपे भन्दै पार्टी कार्यालयमा ताला लगाइएको हो । क्षेत्र नम्बर १ का सभापति माधवराम खत्रीले एकलौटी सदस्यता वितरण गरेको भन्दै यहाँ पहिलादेखि नै सदस्यता विवाद थियो ।

उक्त फर्जी नाम फिर्ता आएपछि मात्र ताला खोलिने जिल्ला नेता पोषण केसीको भनाइ छ । सदस्यता विवाद मिलेपछि काँग्रेसको अधिवेशन कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा वडा अधिवेशन, कात्तिक ३० गते गाउँपालिका/नगरपालिका अधिवेशन हुन लागेको थियो ।

सदस्यता विवाद पुनः सतहमै आएको छ । तर पार्टी सभापति किरण कोइरालाले यसलाई समाधान गरी तोकिएकै मितिमा अधिवेशन गर्ने बताइन् ।