अर्घाखाँची । जंगलमा बाख्रा चराउन गएकी १४ वर्षीया किशोरीमाथि यौन दुर्व्यवहार भएको छ ।
बुधबार दिउँसो प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाललाई पक्राउ गरेको छ ।
कुमालले यौन दुर्व्यवहार गरेको तथा जबरजस्ती करणी उद्योग समेत गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।