वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकामा एमालेका तीनजना मन्त्री थपिएका छन् । एमालेबाट फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासका मत दिएका चारजना सांसदलाई एमालेको सांसद पदमा पुनर्बहाली गरेपछि एमालेको पनि सरकारमा थपिएका हुन् ।
फ्लोरक्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई अदालतले पुनर्बहाली गर्न आदेश दिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलास पुनर्बहाली गर्न आदेश दिएको हो ।
अदालत एमाले चार सांसदलाई पुनर्बहाली कर्णाली सरकारमा
आठजनाको मन्त्रिमण्डलमा एमाले तीनजना, कांग्रेसका दुईजना र माओवादी केन्द्रका मुख्यमन्त्रीसहित तीनजना मन्त्री रहेका छन् । कर्णालीमा राप्रपा बाहेकका प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबैको संयुक्त सरकार बनेको छ । कर्णालीमा राप्रपाकी सोशीला शाही प्रदेशसभा सदस्य छिन, उनी कालिकोटकी हुन् ।
फ्लोरक्रस गरेर विश्वासको मत दिएका कारणले ज्वाला, शाही, थापा र बुढालाई एमाले सांसद पदबाट खारेजी भएको थियो । खारेजी भएको पद बिहीबार सर्वोच्च अदालतले पुनर्बहाली गरेको थियो । माओवादीका धर्मराज रेग्मीको स्थान पनि खाली छ ।