काठमाडौं । स्वास्थ्यमा समस्या आएपछि संस्कृतिविद सत्यमोहन जोशीलाई अस्पताल भर्ना गरिएको छ । उनलाई छातीमा संक्रमण, स्वास प्रश्वासमा समस्या र मुटुको चालमा गडबडी हुनुको साथै रक्तचाप कमी देखिएपछि जोशीलाई ललितपुरको किस्ट अस्पतालमा भर्ना गरिएको छ ।
छातीमा निमोनियाको संक्रमण देखा परेकोले उपचार सुरु गरिएको अस्पतालद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
छाती रोग विशेषज्ञ डा.मीलेशजंग सिजापतिको नेतृत्वमा कार्डियोलोजिस्ट तथा क्रिटिकल केयर विशेषज्ञको संयुक्त टोली जोशीको उपचारमा खटिएका छन् । जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।