बुटवल। कुलोको बिषयमा भएको विवादमा दाङको तुलसीपुरमा एक युवकले गोली चलाएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ८ का पूर्ण बहादुर वलीलाई गोली चलाएको आरोपमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी शिव बहादुर सिंहले जानकारी दिए।
वलीको साथबाट पेस्तोल र ६ राउण्ड गोली पनि प्रहरीले बरामद गरेको छ। संयोगले वलीले चलाएको गोली कसैलाई लागेको छैन। उनले कसलाई ताकेर गोली हान्न खोजेका हुन भन्ने नखुलेको हुनाले अनुसन्धान सुरु भएको प्रहरीले बताएको छ।