• बैशाख २० २०८३, आईतवार

जनताको काममा ढिलासुस्ती गर्ने छुट कसैलाई हुँदैन : गृहमन्त्री अधिकारी

जेष्ठ २७ २०७८, बिहीबार

काठमाडौं । नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट कसैलाई नहुने बताएका छन् ।

विहीबार सिंहदरबारमा पदभारपछि आयोजित कार्यक्रममा गृहमन्त्री अधिकारीले गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय भएको भन्दै जनताको काममा ढिलासुस्ती र अटेर गर्ने छुट अब कसैलाई नहुने बताएका हुन् ।

उनले गृहबाट फाइल घुमाउने छुट कसैलाइ नहुने चेतावनी दिए । उनले जनताको अधिकारलाई कार्यान्वयन गराउन ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे । उनले भ्रष्टाचारको दुर्गन्ध आए कम्प्रोमाइज नगर्ने स्पष्ट पारे ।