• बैशाख २० २०८३, आईतवार

सामूहिक चोरी मुद्दाका १ वर्षदेखि फरार रहेका ४ जना महिला पक्राउ

जेष्ठ २४ २०७८, सोमबार

दाङ । दाङमा प्रहरीले सामूहिक चोरी मुद्दाका फरार ४ जना महिलालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १८ ढोडेनी निवासी ३६ वर्षीय शान्ति सुनार, सोही ठाउँ निवासी २५ वर्षीय सन्तोषी नेपाली, ३६ वर्षीय चन्द्रकला सुनार र ३५ वर्षीय ज्योति दमाइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

उनीहरूलाई सामूहिक चोरी मुद्दामा दाङ देउखुरी जिल्ला अदालतले २०७६ वैशाख ३० गते जनही ५ हजारका दरले जरिवाना र ८ महिना ७ दिन कैद फैसला सुनाइएको थियो । तर, उनीहरु विगत एक वर्षदेखि फरार रहेका थिए ।

उनीहरूलाई सोमवार करिब १ बजेतिर घोराही उपमहानगरपालिका १८ ढोडेनीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । उनीहरूलाई आजै नै दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।