• बैशाख २० २०८३, आईतवार

हेर्दाहेर्दैमा प्रतिनिधिसभा विघटनको मुद्दा

जेष्ठ २३ २०७८, आईतवार

काठमाडौं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । रिटहरूमाथिको सुनुवाइमा प्रवेश नै नगरी मुद्दा  हेर्दाहेर्दैमा राखिएको हो । 

न्यायधीसद्वय आनन्दमोहन भट्टराई र दीपकुमार कार्कीको न्यायिक निष्पक्षतामाथि प्रश्न उठेपछि संवैधानिक इजलास मुल मुद्दामा प्रवेश नगरी स्थगित भएको हो।

महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत सरकार पक्षका वकिलहरूले भट्टराई र कार्कीबाट न्यायिक निष्पक्षता हुन नसक्ने तर्क गरेपछि ईजलास विवादमा शुरु भएको थयो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आइतबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए। संवैधानिक इजलासमा न्यायाधीशहर दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन्।