• बैशाख २० २०८३, आईतवार

११ जना न्यायाधीशलाई संवैधानिक इजलासमा नराख्न मागसहित सर्वोच्चमा निवेदन पेश

जेष्ठ २१ २०७८, शुक्रबार

काठमाडौं। प्रतिनिधिसमा विघटनविरुद्धको मुद्दा सुनुवाइका लागि गठन गरिने संवैधानिक इजलासमा ११ जना न्यायाधीशलाई नराख्न मागसहित सर्वोच्चमा निवेदन पेश भएको छ ।

अधिवक्ता राजाराम घिमिरेले निवेदन पेस गरेका हुन् ।उनले न्यायाधीशहरु दीपक कार्की, मिरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाशमान सिंह राउत, सपना मल्ल प्रधान, तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासमा नराख्न मागसहित निवेदन पेश गरेका हुन् ।

उनले ती न्यायाधीशको स्वार्थ बाझिने भन्दै संवैधानिक इजलासमा नराख्न माग गरेका हुन् । स्वार्थ बाझिएका न्यायाधीशहरुबाहेकको इजलास गठन गरी सुनुवाइ गर्न उनले माग गरेका हुनन् ।

उनले पेश गरेको निवेदनमा भनिएको छ, ‘संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदद्वारा अनुमोदित न्यायधाधीशहरुको विश्वव्यापी आचार सिद्धान्त समेतलाई मध्यनजर गरी आवश्यक परे रोष्टर थपघट गरी उपरोक्त न्यायाधीशहरुरहितको संवैधानिक इजलास गठन गरी सुनुवाइ गरी पाउन विनम्र अनुरोध गर्दछौँ ।’