• बैशाख २० २०८३, आईतवार

भारततर्फ लैजाँदै गरेको ३ सय कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा

जेष्ठ २० २०७८, बिहीबार

काठमाडौं । भारततर्फ अबैधरुपमा लैजाँदै गरिएको ३०० कार्टुन रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

प्रहरीले पर्साको छिपहरमाइ गाउँपालिकाबाट सो परिमाणको रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सूचनाका आधारमा चेकजाँजका क्रममा पर्साको छिपहरमाई गाउँपालिका –२ भिष्वा बञ्जारीबाट ३०० कार्टुन कस्तुरी ब्राण्डको रक्सीसहित प्रदेश–२–०३–००१ थ ००१ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ट्याक्टर चालक भने फरार भएको र रक्सीसहित ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्याालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

ट्याक्टरसहित सो परिमाणको रक्सी वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।