• बैशाख १९ २०८३, शनिबार

काठमाडौँ उपत्यकामा निषेधाज्ञाको समय थपियो

बैशाख २१ २०७८, मंगलवार

काठमाडौँ/

राजधानी काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा एक हप्ताको लागि थप गरिएको छ। काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले जारी निषेधाज्ञा आगामी बैशाख २९ गतेसम्मका लागि थप गरेको हो।

यसअघि जारी निषेधाज्ञामा उपत्यकामा साँझ ५ बजेदेखि सात बजेसम्मपसल र डिपार्टमेण्टल स्टोर खोल्न पाउने भएको भएपनि अब देखि त्यसरी पसलहरु खोल्न नपाउने भएको बताइएको छ। उपत्यकामा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो।