• बैशाख १९ २०८३, शनिबार

अफवाहको पछि नलाग्नुस्,खाद्यान्न सामाग्री पर्याप्त छ : वाणिज्य विभाग 

बैशाख २० २०७८, सोमबार

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्यान्न सामग्रीका सम्बन्धमा कुनै किसिमको अफवाहको पछि नलाग्न अनुरोध गरेको छ । 

कोरोना महामारी र निषेधाज्ञाले समग्र आपूर्ति व्यवस्थामा असर नगरेको जनाउदै बजारमा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, घ्यू, तेल, गेडागुडी, मैदा, पिठो, चिनी, नुनलगायत खाद्यान्न पर्याप्त मात्रामा स्टक रहेकोले उपभोक्तालाई नआत्तिन पनि विभागले अनुरोध गरेको हो ।

निषेधाज्ञा जारी रहँदा खाद्यन्न तथा तरकारी बजारमा मानिसहरूको भीडभाड बढेसँगै विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै यस्तो अनुरोध गरेको हो ।

मास्क र स्यानिटाइजर पनि पर्याप्त मात्रामा स्टक रहेको विभागले जनाउदै स्वास्थ्यका मापदण्ड पालना गरी सुरक्षित रहन विभागले अनुरोध गरेकोजारी गरेको विज्ञप्तीमा उल्लेख छ ।