काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पतालमा भर्ना गरिएको छ । लामो समयदेखि विभिन्न रोगबाट पीडित उनलाई बुधबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको प्रचण्डको सचिवालयले जनाएको छ ।
उनको स्वास्थ्यमा अहिले सुधार आएको अस्पताल स्रोतले जनाएको छ । यसअघि, सीताको सिंगापुर, अमेरिका र भारतमा उपचार भएको थियो।