• बैशाख १९ २०८३, शनिबार

पीसीआर परीक्षण गर्दा तोकिएभन्दा बढी शुल्क नलिनू : स्वास्थ्य मन्त्रालय

बैशाख १४ २०७८, मंगलवार

काठमाडौं । सरकारले तोकिएको भन्दा बढी पीसीआर परीक्षणको शुल्क नलिन प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै प्रयोगशालाहरुलाई तोकिएभन्दा बढी पीसीआर परीक्षण शुल्क  नलिन आग्रह गरेको छ ।

सरकारले सरकारी प्रयोगशालाका लागि एक हजार र निजी प्रयोगशालाका लागि २ हजार रुपैयाँ पीसीआर परीक्षण शुल्क तोकेको छ ।

तोकिएको भन्दा बढी शुल्क लिएको पाइएमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामार्फत त्यस्ता प्रयोगशालाहरुलाई परीक्षणको सूचीबाट हटाइने समेत मन्त्रालयले चेतावनी दिएको छ ।