• बैशाख १९ २०८३, शनिबार

जहाजको टुलबक्समा लुकाएको सुन विमानस्थलबाट समातियो

बैशाख १३ २०७८, सोमबार

काठमाडौं । दुबईबाट जहाजको टुलबक्समा लुकाएर ल्याएको सुन त्रिभुवन विमास्थलमा बरामद गरिएको छ । वायुसेवा निगमको जहाजमा चढेर काठमाडौं आएका प्रदिपप्रसाद न्यौपानेले ल्याएको टुलबक्स जाँच गर्दा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले सुन फेला पारेका थिए ।

भन्सार कार्यालयले दोलखा घर भएका न्यौपानेलाई पक्राउ गरेको छ । फलामको स्क्रुडाइभरभित्र लुकाएको अवस्थामा करिब ६ सय ग्राम सुन भेटिएको छ । न्यौपानेले ल्याएको सुन रिसिभ गर्ने तयारीमा रहेका दुईजनालाई विमानस्थल प्रहरीले अपराध महाशाखासँगको समन्वयमा पक्राउ गरेको छ ।

रामेछाप घर भएका अनिश तामाङ र सञ्जिव योञ्जनलाई पक्राउ गरिएको अन्तर्र्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । अनिश र सञ्जिवलाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको हो । उनीहरुलाई पनि त्रिभुवन विमनास्थल भन्सार कार्यालयमा बुझाइएको छ ।