• बैशाख १९ २०८३, शनिबार

हलेसी दर्शनार्थी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु , २२ जना घाइते

बैशाख ११ २०७८, शनिबार

खोटाङ । खोटाङको हलेसी दर्शन गर्न आएका दर्शनार्थी बोकेको बा३ख ९२८५ नंको बस आज दुर्घटना हुँदा बसका सहचालक सिन्धुपाल्चोकका १८ वर्षीय अनिल तामाङको मृत्यु भएको हो ।

हिन्दू, बौद्ध र किराँत धर्मावलम्बीको सङ्गमस्थल खोटाङको त्रिधार्मिकधाम हलेसी दर्शन गरेर फर्कने क्रममा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको कदुवास्थित राँगाकाटेभिरमा दुर्घटना हुँदा सहचालक तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । कदुवास्थित सडकको घुम्ती पुग्न लाग्दा दुर्घटनामा परी पल्टिएको बस करिब २० मिटर तल सडकमै अड्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।

बस दुर्घटनामा सप्तरी कञ्चनरूप नगरपालिका–१२ का सीता नेपाल, रमा नेपाल, निश्चल नेपाल, कोपिला नेपाल, प्रमिला सुरखेती, सन्तलक्ष्मी बस्तीहर, होम श्रेष्ठ, रमा श्रेष्ठ, प्रजिता नेपाल, गीता श्रेष्ठ, विमला पोखरेल, उर्मिला श्रेष्ठ, लीला श्रेष्ठ, सुद्धीदेवी महतो, सरिता श्रेष्ठ, भीमा विश्वकर्मा, कुलमान विश्वकर्मा, दिनेश गहतराज, टेक श्रेष्ठ, उर्मिला श्रेष्ठ, प्रमिला श्रेष्ठ र चालक ४२ वर्षीय रवीन्द्र ठकुरी घाइते भएका छन् । घाइतेमध्ये नौ जना गम्भीर रहेको प्रहरीले जनाएको छ ।