• बैशाख १९ २०८३, शनिबार

पछिल्लो २४ घण्टामा थप २ हजार ६१८ जनामा कोरोना सङ्क्रमण

बैशाख ११ २०७८, शनिबार

काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढिरहेको छ । देशभर पछिल्लो २४ घण्टामा २ हजार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७ हजार ५२५ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २ हजार ४८६ जना र १ हजार १४३ जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ९७ हजार ८७ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ३ सय ६८ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा निको हुनेहरुको कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १३६ पुगेको छ ।