• बैशाख १९ २०८३, शनिबार

कोरोना संक्रमित पूर्व राजदम्पती अस्पताल भर्ना

बैशाख ११ २०७८, शनिबार

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोभिड–१९ संक्रमणपछि निर्मल निवासमा आइसोलेसनमा रहेका शाह दम्पती स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका हुन् ।

पूर्व राजदम्पतीसहित छोरी प्रेरणा शाह शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ ।

अहिले तीनैजनाको आवस्था स्थिर र सामान्य रहेको बताइएको छ ।

भारतको उत्तराखण्ड राज्यस्थित हरिद्वारमा आयोजित कुम्भ मेलामा सहभागी भएर पूर्वराजा शाह वैशाख ७ गते स्वदेश फर्केका थिए। स्वदेश फर्किएपछि गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको थियो ।