• मंसिर ८ २०८१, शनिबार

रकम अभावका कारण अमेरिकाले चन्द्रमामा मान्छे पठाउन नसक्ने

कार्तिक २७ २०७८, शनिबार

चन्द्रमामा अर्को मान्छे पठाउने अमेरिकी लक्ष्य हासिल गर्न एक वर्ष विलम्ब हुने भएको छ । सन् १९७२ पछि पहिलो पटक मानवलाई चन्द्रमा पठाउने नासाको लक्ष्य एक वर्ष पछि सर्ने भएको हो ।

लगानीको अभाव र चन्द्रमामा अवतरण गर्ने वाहन बारे मुद्दा चलेको भए पनि केही पर्यवेक्षकहरूले नासाले पूर्वघोषित वर्ष अर्थात् सन् २०२४ मै उद्देश्य पूरा गर्ने अपेक्षा गरेका थिए । तर नासा प्रमुख बिल नेल्सनले गत साता एउटा पत्रकार सम्मेलनमा लक्ष्य प्राप्त गर्न विलम्ब हुने पुष्टि गरे ।

‘आर्टमस’ नाम दिइएको यो अन्तरिक्ष उडान कार्यक्रम अन्तर्गत नासाले चन्द्रमामा पहिलो पटक महिला अन्तरिक्ष यात्री र तेह्रौँ पुरुषलाई चन्द्रमामा पुर्याउन खोजेको छ । केही समयअघि एक अमेरिकी न्यायाधीशले यस कार्यक्रमका लागि चन्द्रमामा अवतरण गर्ने वाहन निर्माणको ठेक्का इलोन मस्कको कम्पनी स्पेस एक्सलाई दिने नासाको निर्णयको पक्षमा फैसला सुनाए ।

एमजनका संस्थापक जेफ बेजोसले उक्त निर्णयको विरोध गरेका थिए । उनका अनुसार उक्त ठेक्का एकभन्दा बढी कम्पनीलाई दिइनु पर्ने थियो । नासाको यान अन्तरिक्षको अहिलेसम्मकै सबभन्दा टाढाको पिण्डसम्म यद्यपि सहमति घोषणाको समयमा नासाले जारी गरेको विज्ञप्तिका अनुसार काङ्ग्रेसबाट पर्याप्त बजेट विनियोजन नभएका कारण त्यो सम्भव भएन ।

संस्थाका प्रमुख नेल्सनले सोही मुद्दाका कारण समयावधि लम्बिएको सङ्केत गरे । ‘जतिसक्दो चाँडो र सुरक्षित रूपमा चन्द्रमामा फर्किनु नासाको प्राथमिकता हो । यद्यपि मुद्दा र अन्य कारणहरूले गर्दा आर्टिमस कार्यक्रम अन्तर्गत पहिलो मानव अवतरण सम्भवतः २०२५ भन्दा पहिले सम्भव छैन, उनले भने ।

समीक्षकहरूले भने गत वर्षदेखि नै अन्तरिक्षयान निर्माणका लागि रकमको अभावले नै सन् २०२४ सम्ममा नासाको लक्ष्य पूरा नहुने बताउँदै आएका थिए ।