• फाल्गुन २६ २०८२, मंगलवार

सरकार न्यायालयभित्रको विवाद समाधान होस् भन्ने पक्षमा छ : गृहमन्त्री खाँण

कार्तिक २२ २०७८, सोमबार

जनकपुरधाम। गृहमन्त्री बालकृष्ण खाँणले सरकारले न्यायालयभित्र देखिएको विवाद छिटोभन्दा छिटो समाधान होस् भन्ने चाहेको बताएका छन्।

सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री खाँणले न्यायपालिकाभित्र देखिएका समस्या संवेदनशील र गम्भिर रहेको उल्लेख गर्दै सरकार सो समस्या छिटो समाधान होस् भन्ने पक्षमा रहेको प्रष्टयाएका हुन्।

उनले न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका शक्ति सन्तुलनको हिसावले पनि स्वतन्त्र ढंगले चल्ने गरेको स्पष्ट पारे।

गृहमन्त्री खाँणले सरकारले नागरिकता विधेयक पनि छिटोभन्दा छिटो पास गर्न चाहेको बतए । उनले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई अवरुद्ध सदन सूचारु गराउन पनि आग्रह गरे। नागरिकतालगायतका महत्वपूर्ण विधेयकहरु पास गर्न सदन सुचारु गराउन ढिलाई गर्न नहुने गृहमन्त्री खाँणले बताए।

गृहमन्त्री खाँणले नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको उल्लेख गरे। उनले सरकारले नागरिकको सुरक्षाको विषयलाई पहिलो प्राथमिकतामा राखेको दोहोर्‍याए।