काठमाडौं । बागमती प्रदेशसभाको बैठक दुई घण्टा सारिएको छ ।
दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजेसम्मका लागि सारिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
एक बजेको बैठकमा सत्तारुढ नेकपा एमालेका सांसदहरु आइनपुगेकाले ३ बजेसम्मका लागि बैठक सारिएको र तीन बजेको बैठकमा उपस्थित हुन सांसदहरुलाई म्यासेज गरिएको एक सांसदले जानकारी दिए ।
आज मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने कार्यसूची रहेको छ । तर आगामी वडा अधिवेशनमा जानु पर्ने भन्दै ११ गतेसम्मका लागि बैठक सार्न एमाले सांसदहरुले बुधबार नै संसद सचिवालयलाई पत्र पठाइसकेको छ ।
गत भदौ २ गते मुख्यमन्त्री नियुक्त भएकी शाक्यले कानुन बमोजिम आज विश्वासको मत लिने कार्यसूची रहेको थियो ।