काठमाडौँ। लगातारको बाढीले बाटो पुरिएर जलमग्न भएपछी खटकुलोलाई डुंगा बनाएर मन्दिर पुगी एक जोडीले विवाह सम्पन्न गरेका छन्। संजालहरुमा भाइरल भएको खटकुलोलाई डुंगा बनाएर तैरिरहेको ती जोडीको तस्वीरले बताएको छ।
यसरी तामाको खटकुलोमा बसेर पानीमा यात्रा गरि मन्दिर पुगेर विवाह गर्ने जोडी भारतको अत्यधिक बाढी प्रभावित राज्य केरला प्रदेशका थालावाद्य गाउँका वर र वधु रहेका छन्। पेशाले स्वास्थ्यकर्मी रहेका वर, वधु आकास र ऐस्वर्य केही दिनदेखीको लगातारको वर्षा र बाढीले दु:ख दिएपनि निर्धारित मितिमै आफूहरुको विवाह सम्पन्न गर्ने कुरामा कटिवद्ध रहेका थिए।
भारतको केरला राज्य पुरै अहिले वर्षा, बाढी र पहिरोले आक्रान्त बनेको छ। सो राज्यमा धन, जनको धेरै क्षती पुगेको छ। लगातारको वर्षाका कारण नदीहरुमा पानीको सतह बढेर पानीले कयौं पुल र सडक समेत बगाएको छ। त्यहाँका कयौं गाउँहरु यातायातको संजालबाट पूर्ण रुपमा बंचित भएका छन।
आकास र ऐस्वर्यले विवाह गर्ने भनेर ठिक्क पारेको मन्दिर समेत बाढीमा डुबेको थियो। ती वर र वधुलाई उनीहरुका नातेदारले नजिकैको अर्को मन्दिरबाट खटकुलो सापटी लिएर त्यही खटकुलोमा आकास र ऐस्वर्यलाई राखेर विवाह स्थलसम्म तानेर पुर्याएका थिए।
‘विवाह गर्न मन्दिर जाँदा उनीहरुले हतारमा एउटा ठुलो खट्कुलो पाए र त्यसैमा यात्रा गरेर अर्को मन्दिर पुगेर विवाह सम्पन्न गरे’, समाचार संस्था पिटिआईले बताएको छ।