• मंसिर १३ २०८१, बिहीबार

एमालेभित्र रैती र चाकर बन्न नसक्नेहरूले एकीकृत समाजवादी जन्माए : झाँक्री

कार्तिक १ २०७८, सोमबार

गुल्मी । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमाले पार्टीभित्र रैती र चाकर बन्न नसक्ने व्यक्तिहरूले स्वतन्त्रताका लागि नेकपा (एकीकृत समाजवादी) पार्टी जन्माएको बताएकी छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केपी ओलीले पार्टीमा जीवन समर्पण गरेकाहरूलाई आफ्नै चाकर र रैतीको व्यवहार देखाउने र आफ्नो भक्तिगान गर्नेहरूलाई अवसर र जिम्मेवारी दिएका कारण नयाँ पार्टीको आवश्यकता परेको बताइन् ।

उनले एकीकृत समाजवादीमा नेतृत्व र अवसरका लागि आफ्नो पार्टीमा व्यक्ति पूजा र झोला बोक्नु नपर्ने झाँक्रीले दाबी गर्दै अझै पनि केपी ओलीबाट पेलिएका केही नेताहरूले बनिबनाउ घरको नाममा ओली पार्टीको दासत्व स्वीकार गर्न खोजे पनि केही फरक नपर्ने पनि बताइन् ।