नुवाकोट । नुवाकोट बस दुर्घटनाका गम्भीर घाइतेहरुलाई काठमाडौं ल्याइंदै छ ।
नुवाकोटबाट काठमाडौँतर्फ जाँदै गरेको बस किस्पाङ गाउँपालिका–५ मनकामनामा दुर्घटना हुँदा ३८ जना घाइते भएका थिए भने घाइतेमध्ये आठजनाको अवस्था गम्भीर भएकाले थप उपचारको लागि काठमाडौँ ल्याइदै गरेको हो । घाइते भएकामध्ये गम्भीर अवस्थाका चारजनालाई हेलिकप्टर र चार जनालाई एम्बुलेन्समार्फत काठमाडौँ ल्याइदै छ । अन्य घाइतेको भने उपचार त्रिशूली अस्पताल नुवाकोटमा भइरहेको छ ।
किस्पाङ गाँउपालिका–१ भाल्चेबाट त्रिशूली हुँदै काठमाडौँ जान लागेको बा ४ ख ५७६२ नं को बस सोमबा बिहान मनकामना आइपुग्दा ब्रेकले काम नगरेपछि दुर्घटनामा परेको नुवाकोट प्रहरीले जनाएको छ ।