काठमाडौँ। सल्यानको वनगाढ कुपिण्डे नगरपालिकामा विभिन्न मागहरु राखेर युवाहरुले अनसन सुरु गरेका छन। सोमबार नगरपालिकाको कार्यालय अगाडी अनसन सुरु गरेका युवाहरुले कानुनी दायराबाट सूचनाको हक पाउन अनसन सुरु गरेको बताए।
अनसनकारी युवाहरुले नगरपालिकामा युवा स्वराेजगार कार्यक्रम लागु हुनुपर्ने, नगरपालिकाको आयव्यय नियमपूर्वक सार्वजनिक हुनुपर्ने, योजनाहरुको बजेट सार्वजनिक हुनुपर्ने लगायतका मागहरु राखेर अनसन सुरु गरेको पश्चिम सल्यानबाट पत्रकार दुर्गा बिसीले जानकारी दिए।
अनसनकारी युवाहरुले नगरपालिकामा खेलकुद मैदान नभएको, नगरका जनताले नगरका काम कारवाहीको सूचना सही ढंगले नपाएको साथै नगरमा सबै कामकुरा सेटिङमा चलेकाे भन्दै गुनासो पोखेर विराेध स्वरुप उनिहरुले आजबाट अनसन सुरु गरेका छन् ।
उनीहरुको अनसनमा यत्रतत्र सबैकाे एक्यबद्धतासमेत रहेको बताइएको छ।