स्याङजा। स्याङजामा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। स्याङजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर २ बस्ने ५२ वर्षीय पोत बहादुर रोकाहालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
सोही गाउँपालिका सोही वडा बस्ने झलक बहादुर रोकाहालाई २०५९ पुस १७ गते कर्तव्य गरी मारेको आरोप लागेका र घटनापश्चात फरार भई भारतमा लुकिछिपी बस्दै आएका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनकै घरमा लुकिछिपी रहेको अवस्थाबाट पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।