• मंसिर १३ २०८१, बिहीबार

साफ उपविजेता खेलाडीहरुलाई जनही ५ लाख दिने सरकारको निर्णय

कार्तिक १ २०७८, सोमबार

काठमाडौँ। सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई जनही ५ लाख नगद पुरस्कार दिने भएको छ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

माल्दिभ्समा सम्पन्न साफ च्याम्पियन सिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० ले पराजित भएको नेपाल उपविजेतामा सिमित रहृयो ।

नेपाली टोली सोमबार मात्र नेपाल फर्किएको थियो ।