काठमाडौं । गोरखामा भूकम्पको धक्का महशुस भएको छ । बिहान चार बजेर ९ मिनेट जाँदा गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यो २०७२ सालको भूकम्पकै परकम्प हो । यो भूकम्प पछि सयौँ परकम्प गइसकेको केन्द्रले जनाएको छ ।