काठमाडौं । ८ दिनदेखि आमरण अनसनरत रुबी खानको स्वास्थ्य अवस्था कमजोर भएपछि शनिबार अपराह्न अस्पताल भर्न गरिएको छ ।
बाँकेको नवानी गाउँकी नकुन्नी धोबी र परस्पुर गाउँकी निर्मला कुर्मीको मृत्युको घटनामा प्रहरीले गरेको अनुसन्धान चिक्त बझु्दो नभएको भन्दै न्याय माग्दै बाँकेका महिला सहित रुबी खान अनसनमा बसेकी थिइन् ।
वृहद् नागरिक आन्दोलनका अगुवा डा सञ्जीव उप्रेतीसहितको टोलीले उनलाई अस्पताल लगेको हो ।
न्यायका लागि रुवी खान र बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगञ्जबाट २० दिन हिँडेर काठमाडौं आएका थिए ।
डा उप्रेतीका अनुसार रुबीलाई अहिले त्रिवि शिक्षण अस्पताल लगिएको छ ।