स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । गुल्मीको हर्मिचौरबाट बुटवलका लागि छुटेकोे लु ३ च ४१९१ नम्बरको बलेरो जीप शनिबार सिद्धार्थ राजमार्गको गल्याङ नगरपालिका २ जिरो किलोमिटर नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
प्रहरीका अनुसार जीपमा छ जना सवार भएकोमा दुईको अवस्था गम्भिर छ भने तीन जना घाइते भएका छन् । एक जनाको अवस्था सामान्य रहेको बताइएको छ। घाईतेहरुको गल्याङ नगर अस्पतालमा उपचार भइरहेको छ।
जीप सडकदेखि १५० मिटर तल खसेको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।