• मंसिर १३ २०८१, बिहीबार

सल्यानमा बाबुले गरे छोराको हत्या

आश्विन २७ २०७८, बुधबार

सल्यानमा बुवाले खुर्पा प्रहार गरी छोराको हत्या गरेका छन्। जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका वडा नं. १० का ५६ वर्षीयले बाबु निमबहादुर कुँवरले खुर्पा प्रहार गरी ३३ वर्षीय छोरा रुपलालको हत्या गरेको प्रहरीले जनाएको छ।

मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको बताइएको छ। प्रहरीका अनुसार रुपलालको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए । राति रुपलाल मदिरा सेवन गरी बाबुको घरमा पुग्दा मदिराले मातेका दुवैबीच फेरि त्यही कुरा उठेपछि एकाएक बुबाले छोराको घाँटीमा खुर्पा प्रहार गरेको भन्ने खुल्न आएको प्रहरीले बताएको छ। अभियुक्त नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।