• मंसिर १३ २०८१, बिहीबार

पूर्वराजा ज्ञानेन्द्रको दशैं सन्देशप्रति डा. भट्टराईको कडा प्रतिक्रिया

आश्विन २६ २०७८, मंगलवार

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आज दिेएको दशैं शुभकामनाप्रति जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार भिडिओ सन्देशमार्फत प्रजातन्त्रबिनाको राजसंस्था र राजसंस्थाबिनाको प्रजातन्त्र हाम्रोजस्तो मुलुकमा सान्दर्भिक हुन नसक्ने जिकिर गरेका छन्।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएका हुन्।

‘राजसंस्थाबिनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिङसहितको खरायो खोज्न लगाउनुजस्तै भ्रमको खेती गर्नु र देशलाई पुनः द्वन्द्वमा धकेल्नु मात्रै हो’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारी बोध छ भने चुपचाप संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकारेर बस्नु वेश हुनेछ।

दशैंको अवसर पारेर एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा शाहले नेपाली समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक नभएको बताउँदै राजनीति र राजकाजी चालचलन त्यस अनुरुप हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।