गोवा । दाङ जिल्लाको साविकको पुरन्धारा गाविस वडा नं ९ घर भएका हरिबहादुर कुमाल सम्पर्क विहीन भएका छन् ।
३५ वर्षीय कुमाल भारतको गोवाबाट ३ तीन हप्ता अघिदेखि सम्पर्क विहीन भएका हुन् । उनी कामको खोजीमा त्यहाँ पुगेको बताइएको छ ।
उनी गोवाको पणजिमा रहेका आफन्तको घरमै बस्दै आएका थिए । ‘घुमेर आउँछु’ भनेर निस्केका कुमाल तीन हप्ता बितिसक्दा पनि फर्केका छैनन् ।
उनका आफन्तले उनको खोजीकार्य जारी राखेका छन् । उनलाई फेला पार्नेहरुले 9805092335 वा 9890277817 मा सम्पर्क गरिदिन गोवा नेपाली संघका अध्यक्ष प्रकाश थापापुनले आग्रह गरेका छन् ।