• मंसिर १३ २०८१, बिहीबार

चिलाउने समस्या भएकाले कागतीको प्रयोग नगर्दै राम्रो

आश्विन २५ २०७८, सोमबार

कागतीले फाइदा मात्रै होइन नोक्सान पनि गर्छ,यस्ता छन् कागतीका बेफाइदा

मानिसले विहान उठेपछि कागती पानी खन्छन् जसले निकैं फाइदा पुराउँछ , तर यसको बढी प्रयोगले हानी समेत हुने गर्दछ । कागती वजन कम गर्न मात्र नभएर छालाको हेरचाहको लागि पनि काम आउँछ ।

पेट संवेदनशील भएका मानिसले कागती पानीको सेवन गर्न हुन्न । कागति धेरै एसिडिक हुन्छ जसका कारण पीएच लेवल कम हुन्छ ।

कागतीको प्रयोग धेरैजसो अनुहारको छाला राम्रो बनाउनका लागि पनि गर्ने गरिएको छ । पिम्पल्स, दागहरु हटाउन कागतिको प्रयोग हुने गरेको छ तर यसबाट बेफाइदा पनि हुनसक्छ ।

यदी तपाईको गाला वा अनुहारमा यदी घाउ, चिलाउने लगायतका समस्या छ भने कागतीको प्रयोग गर्न हुन्न ।

कागती बढी सेवन गर्दा यसले पेटलाई पनि वेफाइदा पु¥याउँछ । यसको प्रयोगले अल्सर, दातको समस्या, पेट बिग्रने तथा डिहाइड्रेसनको समस्या उत्पन्न हुन्छ ।

यसका साथै पटक पटक पिशास आउने, किड्नीमा समस्या देखा पर्न सक्छ ।

धेरै कागती पानीको सेवनले छाति पोल्ने लगायतका समस्या आउँछ । यदी तपाईलाई अल्सर छ भने कागति पानीको प्रयोग नगर्दा फाइदा हुन्छ ।